१३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष १२ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, १२ पुस– प्रहरीले रोल्पामा १३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाकै सुनछहरी गाउँपालिका–४ सिउरी बस्ने २२ वर्षीय हर्कबहादुर पुन मगर रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ ।

हर्कबहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कुलेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको रोल्पा प्रहरीले जनाएको छ ।

पक्राउ परेका हर्कमाथि बालिका बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको पनि रोल्पा प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us