भीम रावलले नयाँ पार्टी खोल्ने

काठमाण्डु टुडे २०८१ पुष ११ गते १८:३१ मा प्रकाशित

काठमाण्डु, ११ पुस– नेकपा एमालेले पार्टीबाट निष्कासन गरेपछि पार्टिका पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भिम रावलले नयाँ पार्टी खोल्ने गरी तयारी सुरु गरेका छन ।

नेता रावलले केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्ने र यसबारे जानकारी गराउने उनी निकट स्रोतले जानकारी दिएको छ । उनी निकट स्रोतले भन्यो, ‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राख्नु हुन्छ ।

त्यसपछि देशब्यापी अभियानमा निस्कने योजना छ ।’ देश दौडाहाको मुख्य उद्देश्य नै नयाँ पार्टी बनाउनु रहने स्रोतको भनाइ छ । ‘हामीलाई कतिपयले माधव नेपालको पार्टीमा जान्छन् भन्ने चर्चा गरिरहेका छन् ।

तर, छुट्टै पार्टी बनाएर अगाडि बढ्ने सोंचमा उहाँ हुनुहुन्छ,’ स्रोतले भन्यो । दशौं महाधिवेशनयता लगातार पार्टी निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएर एमालेले बुधबारको सचिवालय बैठकबाट रावललाई निस्कासन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us