ओलीलाई विप्लवको प्रश्नः जनयुद्ध नभए के हो त ?

काठमाण्डु टुडे २०८१ पुष ११ गते १७:५४ मा प्रकाशित

काठमाण्डु, ११ पुस– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्ध शब्दप्रति न्यायालयले गरेको टिप्पणीमा आपत्ति व्यक्त गरका छन ।

सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिएको थियो । त्यसप्रति आपत्ति जनाउँदै महासचि विप्लवले प्रश्न गरेका छन्, ‘सत्ताको मालिक पुग्ने ठाउँमा कसले पुर्यायो ?

महिलालाई बन्दुक कसले बोकायो रु कमाण्डर कसले बनायो रु नेतृ कसले बनायो ? कसरी लेख्न सकेको रु न्यायालयले के लेख्न खोजेको हो ? उनले ओलीलाई प्रश्न गर्दै देशको व्यवस्था परिवर्तनमा जनयुद्धले गरेको भूमिकाको चर्चा समेत गरेका छन ।

उनले भने, ‘अब त मान्छेहरूलाई आश्चर्य लाग्न पनि लाग्दैन । संसद्देखि न्यायालयसम्म, ब्युरोक्रेटदेखि आसेपासेसम्म एउटा बहस चलिरहेको छ, यो जनयुद्ध नभए के हो त ? ओलीजीलाई पनि सोध्नुपर्ने छ, के हो यो ?’ उनले भनेका छन्, ‘उसो भए, प्रकाश सपुतले लेखेको गीतको याद आउँछ, फूलमाया, तिमिलाई झुम्काना कसले किन्दियो ?

रातो स्कुटर कसले किन्दियो ? हैन ? केपीजीलाई सोध्नुपर्ने भएको छ, तपाईंलाई ताज कसले बनाइदियो ? कुर्सी कसले पहिराइदियो ? तपाईंलाई राज कसले बनाइदियो ? तपाईं बसेको ठाउँ कसले बनायो ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us