खाग तस्करलाई नियन्त्रणमा लिन सेनाले चलायो गोली

काठमाण्डु टुडे २०८१ पुष ११ गते १४:१४ मा प्रकाशित

काठमाण्डु, ११ पुस– नेपाली सेनाले गैंडाको खाग तस्करलाई नियन्त्रणमा लिने क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ मा हवाइ फायर गरेको छ ।

आज (बिहीबार) बिहान हवाइ फायर गरेर खाग तस्कर नियन्त्रणमा लिइएको नेपाल प्रहरी, मकवानपुरका प्रवक्ता ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन ।

खाग नियन्त्रण गर्ने क्रममा तस्कर भाग्न खोजेपछि हवाइ फायर गरिएको उनले जानकारी दिएका छन । नेपाली सेनाको नयाँ गोरख गण सैनिकले ५ राउण्ड हवाइ फायर गरेको हो ।

गैंडाको खाग तस्करी हुन लागेको सूचनाका आधारमा पुगेको निकुञ्जले टोलीले तस्करीमा संलग्न व्यक्तिहरू पक्राउ गर्ने क्रममा सेनाले हवाइ फायर गरेको हो । घटनास्थलबाट १ जना पक्राउ परेका छन् । उनीसँग खाग रहेको भन्ने सूचना आएको निकुञ्ज स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us