काठमाण्डु, ११ पुस– काठमाण्डु महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको एक मोटसाइकल वर्कसपमा ताला लागाएको छ ।
पटक–पटक वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै महानगरपालिका–३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा ताला लगाएको काठमाण्डु महानगर प्रहरीका एक अधिकारीले जानकारी दिएका छन ।
ति प्रहरी अधिकारीले भने, ‘हामीले बाइक वर्कसप हटाउन पटक९पटक आग्रह गर्दा पनि अटेर गरिएपछि ताल लगाएका हौं ।’