काठमाण्डु, ११ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणबारे धेरै चर्चा आवाश्यक नरहेको बताएका छन । साथै प्रधानमन्त्री ओलीले निम्तो आए भारत भ्रमणमा निस्कने बताएका छन् ।
हिजो बुधबार च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिररहन आवश्यक नरहेको बताएको ओली निकट स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न । यो धेरै चर्चा गरिरहने विषय होइन ।’ प्रधानमन्त्री ओलीले सरकार आफ्नो नीतिमा अडिग रहने बताएका थिए ।