काठमाण्डु, ११ पुस– प्रहरीले रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–३ सरौली बस्ने २५ वर्षीय सागर थापा रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
उनलाई बुधबार राति पक्राउ गरीको प्रहरीले जनाएको छ । सागरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको पनि रुपन्देही प्रहरीले जानकारी दिएको छ ।