काठमाण्डु, १० पुस– सशस्त्र प्रहरी बल, नेपालका चार जिल्लाका एसपीहरु छानबिनमा तानिएका छन । तराईका चार फरक जिल्लाका एसपीहरुलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको स्रोतले जानकारी दिएको छ ।
छानबिनमा तानिनेहरुमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी बिमल डाँगी रहेका छन । गिरीलाई गत बिहीबार धनुषाबाट हेडक्वाटर तानेर छानबिन गरिएको छ ।
बाँकी तीन एसपीहरु भने गत सोमबार हेडक्वाटर तानिएको स्रोतले जानकारी दिएको छ । उनीहरुमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वाटर झिकाइएको सशस्त्रका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले जानकारी दिएका छन ।
उनले भने, ‘हेडक्वाटर झिकाइएको कुरा सत्य हो। उनीहरुमाथि केही बुझ्नुपर्ने भएकाले बुझ्ने काम भइरहेको ।’ सशस्त्र प्रहरी उच्च स्रोतका अनुसार धनुषाका एसपी गिरीमाथि केही आर्थिक अनियमितताको आरोपमा उजुरी नै परेको छ। बाँकी तीन जनाको हकमा भने राजश्व गडबढी भन्ने आरोप छ।