काठमाण्डु, १० पुस– काठमाण्डुबाट खोटाङ जाँदै गरेको टाटा सुमो दुर्घटनामा परेको छ । ना १ ज ७१८१ नम्बरको टाटा सुमो केपिलासगढी गाउँपालिका–३ बास्पानीको राँचीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिएका छन ।
उक्त दुर्घटनामा परी गाडीमा सवार एकजना मात्र यात्रु फेदी तोमानेका दुर्गाप्रसाद राई गम्भीर घाइते भएको पनि उनले जानकारी दिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने सुमो चालककलाई नियन्त्रणमा लिइएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।