काठमाण्डु आइपुगे सोनु निगम

काठमाण्डु टुडे २०८१ पुष १० गते १६:३९ मा प्रकाशित

काठमाण्डु, १० पुस– भारतीय चर्चित गायक सोनु निगम काठमाण्डु आइपुगेका छन । उनी आज बुधवार मध्यान्न त्रिभुवन विमानस्थलमा उत्रिएका हुन् ।

आज साँझ यातायात रिजेन्सी होटलको मैदानमा आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नामक कन्सट सहभागी हुन आएका उनलाई आयोजकले नेपाली ढाका टोपीले स्वगत गरेका छन् ।

क्रिसमस डे को अवसर पारेर आयोजना हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ नेपाली–टच नेपालले आयोजना गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us