रेष्टुरेन्टमा जुवातास खेलेको आरोपमा ८ जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष १० गते १६:२८ मा प्रकाशित

काठमाण्डु, १० पुस– प्रहरीले काठमाण्डु महानगरपालिका–६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डु महानगरपालिका–६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पासहित ८ जनालाई मंगलबार बेलुकी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ५ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us