सहकारी ठगीको आरोपमा चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष महर्जन पक्राउ

काठमाण्डु टुडे २०८१ पुष ८ गते १५:२४ मा प्रकाशित

काठमाण्डु, ८ पुस– प्रहरीले काठमाण्डुको चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई पक्राउ गरेको छ । उनलाई सहकारी ठगीको आरोपमा पक्राउ गरीएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।

प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन । उनी उक्त सहकारीका कोषाध्यक्ष रहेका थिए । उनी गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us