काठमाण्डु, ८ पुस– भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटको एकघरमा बाबुछोरा मृत अवस्थामा फेला परेका छन । खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण आचार्य मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिएका छन ।
उनले भने, ‘दुई फरक कोठामा बाबुछोराको शव भेटिएको छ । हामी अनुसन्धान गर्दैछौं ।’ आइतबार राति तीन बाबुछोरा खाना खाएर सुतेका थिए । सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव फेला परको उनले जानकारी दिएका छन ।
आइतबार उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको छ । तर उनी अहिले फरार रहेका छन् । प्रहरीले उनको खोजी सुरु गरीएको पनि उनले जानकारी दिए ।
शवमा चोटपटक समेत भेटिएको र बाहिरबाट ताला समेत लगाइएको उनीहरुको हत्या भएको हुनसक्ने आशंका प्रहरीको छ ।