शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

काठमाण्डु टुडे २०८१ पुष ८ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, ८ पुस– मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । उनको आज सोमबार बिहान जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ ।

सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरुको अगुवाइमा स्थापित शक्ति समूहकी संस्थापक अध्यक्ष हुन् । उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us