सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

काठमाण्डु टुडे २०८१ पुष ८ गते १२:०६ मा प्रकाशित

काठमाण्डु, ८ पुस– काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले उनकै ज्वाइँ पक्राउ परेका छन् ।

अनुसन्धानका क्रममा हत्या गरेको खुलेको भन्दै प्रहरीले मृतकका ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट तिनमायाको हत्या सुकबहादुरले नै गरेको खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ । तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घरभित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

सुकबहादुरले नै हत्या गरेको खुलेपछि यही पुस ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी बसुंधरा खड़काले जानकारी दिएकी छन ।

एसपी खड्काका अनुसार तिनमायाले काम नगर्ने भनी सधैं गालीमात्र गरिरहने र सोही दिन पनि गाली गरेकोले हत्या गरेको सुकबहादुरल स्वीकार गरेका छन् । उनले तिनमायालाई मुक्का प्रहार गर्नुका साथै कुटपिट गरेर टाउको थाममा ठोक्काएर हत्या गरेको बयान दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us