रोशी–१ का वडाअध्यक्ष लामाको निधन

काठमाण्डु टुडे २०८१ पुष ८ गते ११:४५ मा प्रकाशित

काभे, ८ पुस– काभ्रेको रोशी गाउँपालिका–१ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ ।

उनी समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उपचारका क्रममा उनको आइतबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

लामा २०७४ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेबाट वडाअध्यक्ष निर्वाचित भएका थिए । यसैबीच लामाको निधनमा गाउँपालिकामा सोमबार सार्वजनिक बिदा दिइएको छ ।

वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, विद्यालयसहित सरकारी कार्यालयमा एक दिन बिदा दिने निर्णय गरिएको रोशी गाउँपालिकाका प्रशासकीय अधिकृत शिवप्रसाद भन्तानले जानकारी दिए ।

यसैबचि एमाले काभ्रेले पनि लामाको निधनमा शोक वक्तव्य प्रकाशित गरी दुःख व्यक्त गरेको छ । लामा एमाले काभ्रेका सचिवालय सदस्यसमेत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us