कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी मनोनीत

काठमाण्डु टुडे २०८१ पुष ७ गते १७:३४ मा प्रकाशित

काठमाण्डु, ७ पुस– सरकारले कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा कास्कीका श्रीराम सुवेदीलाई मनोनयन गरेको छ । गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले विकास समितिको अध्यक्षमा सुवेदीको मनोनयनसहित १९ वटा निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सञ्चारमन्त्री गुरुङले आइतबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले सवारी साधन खरिद गर्न कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषको लागि नेपाल राष्ट्र बैंक, सवारी साधन बिक्री गर्ने व्यवसायीको लागि यातायात व्यवस्था विभाग र इन्भेस्टमेन्ट कम्पनीको लागि नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोक्ने निर्णय पनि उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us