काठमाण्डु, ७ पुस– पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा बेदराज केसी नियुक्त भएका छन । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।
एमाले निकट नेपाल प्रगितशिल प्राध्यापक संगठनका अध्यक्ष समेत रहेका केसी उपकुलपतिमा नियुक्त भएका हुन । उनी पहिलो नम्बरमा सिफारिसमा परेका थिए ।
उपकुलपतिका लागि १५ जनाको आवेदन परेको थियो। तिमध्ये १२ जनाको आवेदन स्वीकृत भएको भएको थियो ।