काठमाण्डु, ७ पुस– प्रहरीले कैलालीबाट आधा किलो भन्दा बढी सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । कौलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित ट्राफिक चौराहबाट ५४९ ग्राम अवैध सुन सहित भारत उत्तर प्रदेशका बर्ष ४४ का दिपक गुप्ता र बर्ष ३४ का सुमित बर्मालाई पक्राउ गरीएको कौलाली प्रहरीले जानकारी दिएको छ ।
आइतबार बिहान विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेटको कार चेकजाँच गर्दा सो सुन बरामद गरीएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नगदसहितका केही अन्य सामान पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।