
काठमाण्डु, ७ पुस– सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपशे पुनलाई पनि प्रतिवादी कायम गरिएको छ ।
पुनलाई फरार प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिएकी छन ।
सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा ८ जना कम्पनीसहित ४४ जनालाई प्रतिवादी कायम गरिएको छ । ५ जनालाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिएकी छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पत्नी निकिता पौडेल, पद्मा बन्जाडे जोशी, रोचक जोशी, राधा पछाई र गीता पछाईलाई सम्पत्ति जफत प्रयोजनको लागी प्रतिवादी कायम गरिएको छ ।
कुल प्रतिवादी मध्ये २३ जना फरार छन् । पक्राउ परेका मध्ये ५ जना हिरासतमा र ३ जना कारागारमा रहेका छन ।