काठमाण्डु, ७ पुस– काठमाण्डुको बाइपासस्थित अष्टनारायण हल नजिक एक युवक मृत अवस्थामा भेटिएका छन ।
काठमाण्डु महानगरपालिका–१६ बाइपास अष्टनारायण हल नजिक डेरा गरी बस्ने रोल्पा सुनिलस्मृति गाउँपालिका–८ घर भएका २० वर्षीय योगेश बिक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।
उनी आफ्नो डेरा कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त बाजालुले अनुसन्धान अघि बढाएको पनि प्रहरीले जानकारी दिएको छ ।