काठमाण्डु, ७ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेर हाल प्रहरी हिरासतमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
उनीविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी भइरहेकाले उनलाई अदालतमा उपस्थित गराइएको हो । जिल्ला अदालत कास्की स्रोतले रविलाई उपस्थित गराइए पनि अभियोजनपत्र प्राप्त नभइसकेको जानकारी दिएको छ ।