खेलकुदमा जितेको खुसीयालीमा गाउँपालिकामा बिदा

काठमाण्डु टुडे २०८१ पुष ७ गते ९:१९ मा प्रकाशित

पर्सा, ७ पुस– जनकपुर बोल्टस्ले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

शनिबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार बिदा दिइएको हो । पालिकाले एक सूचना जारी गर्दै सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था बिदा दिइएको उल्लेख छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्टस्ले एनपीएल उपाधि हात पारेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us