सुदूरपश्चिमका राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, मन्त्रीसहित तीन घाइते

काठमाण्डु टुडे २०८१ पुष ७ गते ८:५१ मा प्रकाशित

काठमाण्डु, ७ पुस– सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवार गाडी भारतमा दुर्घटना भएको छ ।

राज्यमन्त्री बम सवार प्रदेश ३–०१–०२४च नम्बरको कार भारतको खिरी जिल्लास्थित पलिया बजारमा भारतीय गाडीसँग ठोक्किएको हो ।

दुर्घटनामा राज्यमन्त्री बम, उनकी श्रीमती कल्पना र सहयोगी पदम देउवा घाइते भएका छन् ।

कैलाली प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक दर्शन खड्काले राज्यमन्त्री बमको मुख र नाकमा चोट लागेको जानकारी दिए । यस्तै श्रीमती कल्पनाको छातीमा र देउवाको टाउकोमा चोट लागेको छ ।

घाइते तीनैजनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us