प्रधानमन्त्रीद्वारा एनपीएल विजेता जनकपुर बोल्ट्सलाई बधाई

काठमाण्डु टुडे २०८१ पुष ६ गते १६:२२ मा प्रकाशित

काठमाण्डु, ६ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएल क्रिकेट प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनकपुर बोल्ट्सलाई बधाई दिएका हुन ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘बधाई जनकपुर बोल्ट्स्, एनपीएल उपाधि हात पारेकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ ।’

ओलीले एनपीएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद समेत दिएका छन् । शनिबार टीयु क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै जनकपुरले एनपीएलको उपाधि जित्न सफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us