बाजुरा, ६ पुस– बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित गोत्री केन्द्र भएर बिहान ४ बजेर १४ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।
भूकम्प गएपछि घरमा सुतिरहेका मानिसहरु चिच्याउँदै घरबाहिर निस्किएका थिए ।
प्रहरीका अनुसार भूकम्पबाट मानवीय क्षति भएको सूचना आएको छैन । तर, घरहरु भत्किएका खबरहरु आइरहेको प्रहरीको भनाइ छ ।
जिल्लाको सञ्चार सम्पर्क टुटेको छ । टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण संकलनमा समस्या भएको छ ।