काठमाण्डु महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई कारबाही सिफारिस

काठमाण्डु टुडे २०८१ पुष ५ गते १८:३२ मा प्रकाशित

काठमाण्डु, ५ पुस– काठमाण्डु महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि कारबाही सिफारिस गरेको छ । पुरानो बसपार्कमा काठमाण्डु महानगरपालिकाको नाममा निर्माणाधीन अवस्थामा रहेको टावरसँग उनी जोडिएपछि महानगरको छानबिन समितिले उनलाई कारबाहीको लागि सिफारिस गरेको हो ।

भवन निर्माणको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको भन्दै उनीमाथि काठमाण्डु महानगरले कारबाहीको लागि सिफारिस गरिएको हो ।

यस विषयमा थप छानबिन गरी नियम विपरीत कार्य गर्ने जो कसैलाई कानुन बमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us