दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा

काठमाण्डु टुडे २०८१ पुष ५ गते १८:२१ मा प्रकाशित

काठमाण्डु, ५ पुस– नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह र भरतबहादुर बोहोरा अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन ।

आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्‌को बैठकले डीआईजी सिंह र बोहोरालाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन ।

यसअघि गृह मन्त्रालयले मंसिर २८ गते नेपाल प्रहरीमा रिक्त दुई एआईजी पदमा सिंह र बोहोरालाई बढुवा गर्न सिफारिस गरेको थियो। सिंह प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल र बोहोरा प्रहरी प्रधान कार्यालय कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा कार्यरत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us