काठमाण्डु, ४ पुस– काठमाण्डुको टोखा नगरपालिका–६ धापासीस्थित एक घरमा आगलागी भएको छ ।
स्थानीय भाइकाजी श्रेष्ठको घरमा बिहीबार साँझ आगलागी भएको हो । आगलागीबाट तीन तले घर जलेर पूरै नष्ट भएको छ । विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
मानवीय क्षति नभएको र लाखौंको भौतिक क्षति भएको प्रहरीको भनाइ छ ।
क्षतिको यकिन विवरण भने सार्वजनिक गरिएको छैन । काठमाण्डु र ललितपुर महानगरपाकिला तथा टोखा नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो ।