प्रधानमन्त्री ओली अस्वस्थ भएपछि मन्त्रिपरिषद बैठक रोकियो

काठमाण्डु टुडे २०८१ पुष ४ गते १९:११ मा प्रकाशित

काठमाण्डु, ४ पुस– प्रधानमन्त्री केपी ओलीले मृगौलाको इन्डोस्कोपी गराएका छन् ।

ओलीले बिहीबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा इन्डोस्कोपी गराएका हुन् ।

ओलीकी निजी चिकित्सक डा। दिव्यासिंह शाहले स्वास्थ्यमा समस्या भएर नभई नियमित स्वास्थ्य जाँचका सिलसिलमा इन्डोस्कोपी गरिएको जानकारी दिइन् ।

इन्डोस्कोपी गरेर फर्किएपछि ओलीले बिहीबार दिनभर प्रधानमन्त्रीको सकारी निवास बालुवाटारमै आराम गरेको डा. शाहले बताइन् । ओलीको अस्वस्थताका कारण बिहीबार साँझका लागि निर्धारित मन्त्रिपरिषद बैठक स्थगन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us