काठमाण्डु, ४ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले इन्डोसकोपी गरेका छन् । आज बिहीबार बिहान साढे नौ बजे त्रिवि शिक्षण अस्पतालमा ओलीको इन्डोसकोपी गरेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
इन्डोसकोपी गरेपछि ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बसेका छन् । बिहीबारका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा स्थगित भएको छ भने नास्टको पूर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी नभएको उनको सचिवालयका एक सदस्यले जानकारी दिएका छन ।
प्रधानमन्त्री ओलीका सचिवालयका ति सदस्यले भने, ‘प्रधानमन्त्रीको नियमित इन्डोसकोपी गर्नुपर्ने थियो र गरेको हो, ‘धपेडी नहोस् भनेर बिहीबारको औपचारिक कार्यक्रममा सहभागी नहुनुभएको हो ।’