वैदेशिक रोजगारीमा अस्ट्रेलिया भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष ४ गते १७:४९ मा प्रकाशित

काठमाण्डु, ४ पुस– प्रहरीले वैदेशिक रोजगारीमा अस्ट्रेलिया भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका–१० कमलविनायक घर भएका ३६ वर्षीय ज्वालाराम मुस्याख्वा रहेको प्रहरीले जानकारी दिएको छ ।

मुस्याख्वा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाण्डुको बागबजार क्षेत्रबाट पक्राउ गरेको हो । मुस्याख्वाले वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाउँछु भन्दै प्रलोभन देखाएर एक जनाबाट २ लाख ठगेको आरोप रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us