पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना हुदाँ ५ जना घाइते

काठमाण्डु टुडे २०८१ पुष ४ गते १६:०५ मा प्रकाशित

काठमाण्डु, ४ पुस– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन । पोखराबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६८२१ नम्बरको जिप आज बिहिबार अपराह्न पौने ३ बजे दुर्घटनामा परेको कास्की प्रहरीले जानकारी दिएको छ ।

जिप सडकबाट करिब ६०० मिटर तल खसेको पनि जिल्ला प्रहरी कास्कीले जानकारी दिएको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिएका छन । घाइतेहरुलाई उपचारका लागि पोखरा ल्याइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us