मिल्यो माओवादी विद्यार्थी संगठनको विवाद

काठमाण्डु टुडे २०८१ पुष ४ गते ९:५८ मा प्रकाशित

काठमाण्डु, ४ पुस– माओवादी केन्द्रले पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा उमेर हद लगाउने कि नलगाउने भन्ने विषयको टुंगो निर्वाचनमार्फत हुने भएको छ ।

उमेर हद लगाउने कि नलगाउने विषयको निधो निर्वाचनबाट लगाउने निर्णय माओवादीले गरेको हो । पुसभित्रै क्रान्तिकारीमा नयाँ नेतृत्व चयन हुने गरी तयारी अघि बढेको क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले जानकारी दिए ।

उनका अनुसार पार्टी निर्वाचन आयोगसँगको परामर्शका आधारमा निर्वाचन कार्यतालिका सार्वजनिक हुनेछ । शर्माले ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा निर्वाचन गर्ने सहमति जुटेको जानकारी दिए ।

गत असोजमा आयोजित क्रान्तिकारीको राष्ट्रिय सम्मेलन उमेर हद लगाउने कि नलगाउने भन्ने विवादका कारण असफल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us