विदेश पठाउने भन्दै २२ लाख ठगेको आरोपमा २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष ३ गते १७:३० मा प्रकाशित

काठमाण्डु, ३ पुस– प्रहरीले विदेश पठाउने भन्दै २२ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारधाम नगरपालिका–४ घर भएका ३८ वर्षीय राजकुमार चौधरी, धनुषाकै मटिहानी नगरपालिका–९ घर भएका ३९ वर्षीय रुपेश कुमार चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

उनलाई क्रमश काँडाघारी र टेकुबाट पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले जानकारी दिएको छ ।

बेरोजगार युवायुवतीलाई विदेश पठाउने भन्दै रकम उठाएर ठगी गरेको आरोप उनीहरुमाथि रहेको प्रहरीले जानकारी दिएको छ । राजुले २ जनाबाट ६ लाख ३० हजार र रुपेशले १ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us