काठमाण्डु, ३ पुस– सरकारले भारतका लागि नेपाली राजदूत नियुक्त गरेको छ । यसअघि संसदीय सुनुवाइ पूरा भइसकेका डा. शंकर प्रसाद शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम डा. शंकर प्रसाद शर्मालाई भारतका लागि राजदूत नियुक्त गरेका हुन् ।
भारतले एग्रिमो पठाएसँगै राष्ट्रपतिले बुधबार शर्मालाई नियुक्त गरेका हुन् । यससँगै अब कार्यभार सम्हाल्नका लागि डा शर्मा भारत जानेछन् । यसअघि पनि शर्मा भारतकै राजदूत रहेका थिए ।