काठमाण्डु, ३ पुस– भक्तपुरमा एक जना मृत अवस्थामा फेला परेका छन ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल भाइरल प्लानिङ बस्ने काभ्रे चौरी देउराली गाउँपालिका–६ घर भएका ३२ वर्षीय निमा तामाङ मृत अवस्थामा फेला परेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
तामाङ आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।