जीवी राईलाई नेपाल ल्याउने प्रयत्न जारी छः गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८१ पुष ३ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, ३ पुस– गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन । आज बुधबार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री लेखेकले यस्तो बताएका हुन ।

उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानुनसम्मत रूपले गर्ने पनि बताएका छन । उनले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु नहुने पनि बताएका छन । उनले शान्ति सुरक्षासँग जोडिने प्रहरी सङ्गठनलाई दुरुपयोग गर्न नहुने बताए ।

प्रहरी सङ्गठनलाई कसैको पनि हित वा अहितमा अनावश्यक रूपले प्रयोग गर्न नहुने उनले बताएका छन । अपराधमा सबैमाथि अनुसन्धान हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि सहकारीको रकम अपचलनमा अनुसन्धान भईरहेको पनि गृहमन्त्री लेखकले बताएका छन ।

पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भई कारागार पठाइएको पनि बताएका छन । गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनैपनि मानव अधिकारको उल्लङ्घन नभएको बताए ।

लाखौँ मानिसको करोडौँ रकम खानेमाथि मानवअधिकार उल्लङ्घन हुने तर लाखौँ मानिसको रकम गुमेकोप्रति मानव अधिकार उल्लङ्घन नहुने हो भन्दै उनले प्रश्न गरे ।

गृहमन्त्री लेखकले गितेन्द्रबाबु राई (जीवी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि जानकारी दिएका छन । उनले संलग्नमाथि कारबाहीका लागि सरकार अघि बढिरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us