रवि लामिछानेलाई अदालत लगियो

काठमाण्डु टुडे २०८१ पुष २ गते १०:५० मा प्रकाशित

काठमाण्डु, २ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व प्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सहित ५ जनालाई अदालत उपस्थित गराइएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका उनीहरूलाई आज पनि म्याद थपको माग सरकारी वकिल कार्यालयले गरेको छ । प्रहरीले अनुसन्धान रिपोर्ट बुझाए पनि अध्ययन गर्न समय लाग्ने भएकोले म्याद थप मागिएको हो । पुस ५ भित्रै सबै जनाको अभियोग पत्र दर्ता हुने न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिएकी छन ।

उनका अनुसार प्रहरीले दिएको राय हुबहु कार्यान्वयन गर्ने वा नगर्ने निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । सूर्यदर्शन सहकारी ठगीमा ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग सहित प्रहरीले प्रतिवेदन तयार गरेको डीएसपी वसन्तकुमार शर्माले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us