आज नेताहरूको जिम्मेवारी तोक्ने एकीकृत समाजवादीको तयारी

काठमाण्डु टुडे २०८१ पुष २ गते ९:५७ मा प्रकाशित

काठमाण्डु, २ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि जारी रहने छ । आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने पार्टीको तयारी रहेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन ।

पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे आधिकारिक निर्णय पनि आज सार्वजनिक गरिने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

मङ्सिर २६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ । छलफलमा नेताहरूले कुनै पार्टीसँग एकीकरण गर्न नहुनेमा जोड दिँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us