काठमाण्डु, १ पुस– रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ कुनाखेत नजिकै सानीभेरी नदी किनारामा एक व्यक्तिको शव भेटिएको छ । आज सोमबार दिउँसो नदी किनारामा एक व्यक्तीको शव भेटिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।
शव फेला परेको खबर पश्चात् अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा ७ जनाको टोली घटनास्थल तर्फ गइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिएको छ ।
शव कसको हो र के कारणले मृत्यु भएको हो भन्ने बारे प्रहरीले कुनै जानकारी दिएको छैन । घटनास्थल पुगेपछि थप यस विषमा जानकारी हुने प्रहरी निरीक्षक पाठकले जानकारी दिए ।