सर्वोच्चद्वारा एमाले जग्गा विवादसम्बन्धी रिट खारेज

काठमाण्डु टुडे २०८१ पुष १ गते १७:०४ मा प्रकाशित

काठमाण्डु, १ पुस– सर्वोच्च अदालतले सत्ता घटक दल एमालेको पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गा विवादसम्वन्धी रिट खारेज गर्ने फैसला सुनाएको छ ।

यो सँगै अब एमालेलाई एमालेलाई मीनबहादुर गुरुङबाट जग्गा लिन बाटो पनि खुलेको छ । न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज हुने फैसला सुनाएको हो ।

व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरकालिन अन्तरिम आदेश जारी भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us