बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाण्डु टुडे २०८१ पुष १ गते १६:३६ मा प्रकाशित

काठमाण्डु, १ पुस– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई उच्च अदालत पाटनले थुनामै पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाण्डु आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा रिट दर्ता गराएका थिए ।

निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो । झामाथि अरु आरोपितहरूलाई झैं ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप थियो ।

न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झाका साथै प्रतिक थापालाई पनि थुनामा राख्ने काठमाण्डु जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us