काठमाण्डु, १ पुस– काठमाण्डु महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएकोमा काठमाण्डु महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको छ ।
पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको थियो । प्रमुखका रूपमा महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा सिंहले पुर्याएको योगदानको उच्च सम्मान गर्दै सोमबार अत्यावश्यक सेवाबाहेक काठमाण्डु महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहने जानकारी दिइएको छ ।
काठमाण्डु महानगरपालिका परिवारले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसमेत गरेको छ ।