काठमाण्डु, १ पुस– काठमाण्डु महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका कांग्रेसको पार्टी कार्यालय सानेपामा पुर्याइएको छ ।
उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको पूर्वमेयर सिंहलाई शव यात्रासहित पार्टी कार्यालय सानेपामा पुर्याइएको हो ।
पूर्वमन्त्रीसमेत रहेका सिंहको सोमबार बिहान निधन भएको थियो । उनको सम्मानमा आज काठमाण्डु महानगरपालिकामा शोक बिदासमेत दिइएको छ ।