मनकामना केबलकार आज र भोलि बन्द

काठमाण्डु टुडे २०८१ पुष १ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, १ पुस– आज र भोली दुई दिन मनकामना केबलकार बन्द भएको छ । टावर मर्मतका लागि भन्दै केबलकार सेवा बन्द गरिएको मनकामना दर्शन सेवा प्रालिले आफ्नो सूचनामा उल्लेख गरेको छ ।

मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो । सूचनामा लेखिएअनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने छ ।

केबलकार सेवा बन्द भए पनि बटम स्टेसनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् सन्चालन हुने मनकामना दर्शन सेवा प्रालिले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us