एमाले बझाङ अध्यक्षमा भण्डारी निर्वाचित

काठमाण्डु टुडे २०८१ मंसिर ३० गते १६:२४ मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– नेकपा एमाले बझाङको अध्यक्षमा दिलबहादुर भण्डारी विजयी भएका छन । भण्डारीले प्रतिस्पर्धी कलकबहादुर खड्कालाई हराउँदै जिल्ला अध्यक्ष निर्वाचित भएका हुन् ।

भण्डारीले २०८ मत ल्याएर अध्यक्ष जित्दा खड्काले १५३ मत मात्रै प्रप्त गरे । भण्डारी निर्वतमान अध्यक्ष पनि हुन् । उपाध्यक्षमा लालबहादुर विष्ट निर्वाचित भए ।

विष्टले २१७ मत ल्याएर उपाध्यक्ष ज्दिा प्रयागराज जोशीले १२१ मत पाए । सचिवमा नरनबहादुर बोहराले २०५ मत ल्याएर जितेका छन् । बोहरासँग सचिवमा प्रतिस्पर्धा गरेका लोकेन्द्रबहादुर सिंहले १६९ मत प्रप्त गरेका थिए ।

खुला उपसचिवमा पंकज भण्डारीले जिते भण्डारीले २२३ मत ल्याएर जित्दा दिनेशकुमार नेपालीले १३७ मत प्रप्त गरे । महिला उपसचिवमा राधा बिष्ट खत्री निर्वाचित भइन् ।

खत्रीले १६६ मत ल्याएर उपसचिव जित्दा पार्वती कुवर भण्डारीले १०३ र जुना जाग्रीले ६९ मत प्रप्त गरेकी थिइन । एमालेको बझाङको जिल्ला अधिवेशन पटकपटक सर्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us