जुवातास खेलेको आरोपमा काठमाण्डुबाट ४ जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर ३० गते १६:१७ मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– प्रहरीले काठमाण्डुबाट जुवातास खेलेको आरोपमा चार जना पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–१८ रक्तकाली बस्ने गोपाल श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठ समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरीएको काठमाण्डु प्रहरीले जानकारी दिएको छ ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले नगद ७४ हजार २ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । उनीहरूविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us