काठमाण्डु, ३० मंसिर– सिन्धुलीको दुधौली नगरपालिका–१ स्थित कुर्थौलीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि स्थानीयले विरोध प्रर्दशन गरेका छन ।
२८ मङ्सिर साँझ मोटरसाइकलको ठक्करबाट घाइते भएका ७ वर्षीय आयुष माझीको उपचारको क्रममा मृत्यु भए पछि स्थानीयले विरोध प्रर्दशन गरेका हुन । घटनापछि मृतकका आफन्त र परिवारले मदन भण्डारी राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्स्पेक्टर बाबुराम कार्कीले जानकारी दिएका छन ।
भिमानबाट दुधौलीतर्फ जाँदै गरेको मोटरसाइकलको नम्बर नखुलेको पनि प्रहरीले जानकारी दिएको छ । काठमाण्डुको सिनामंगलस्थित केएमसीमा मृत्यु भएपछि परिवारले बालकको शव दुधौलीतर्फ लिएर गएका छन् ।
मोटरसाइकल नम्बर र चालकको पहिचान खुलाउने प्रयास भइरहेको इन्स्पेक्टर कार्कीले जानकारी दिए । स्थानीयले मदन भण्डारी राजमाार्ग र धनसरी सडक खण्डमा प्रदर्शन गरेको प्रहरीले जानकारी दिएको छ ।