विविधतामा एकता नेपालीको पहिचान हो: अध्यक्ष प्रचण्ड

काठमाण्डु टुडे २०८१ मंसिर ३० गते १४:१० मा प्रकाशित

काठमाण्डु, ३० मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विविधतामा एकता नेपालीको पहिचान भएको बताएका छन ।

आज (आइतबार) उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘विविधतामा एकताको नेपाली पहिचानलाई समुन्नत बनाउँदै यी पर्वहरुले आपसी भाइचारा अभिवृद्धि गर्न मद्दत मिल्ने विश्वास लिएको छु’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us